काठमाडौँ । सप्तरीको राजविराज नगरपालिका–१५ मा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको आज मृत्यु भएको छ ।
राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमाननगर सडकखण्डमा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने १५ वर्षीय विवेककुमार मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वा बस्ने १५ वर्षीय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो । उपचारका क्रममा मोटरसाइकल चालक विवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते कौशलको टाउको र छातीमा चोट लागेको छ । उनको समेत अवस्था गम्भीर भएपछि उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ चैत्र २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला