वाईसीएले गर्यो १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १५ : ४३
वाईसीएले गर्यो १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ । वाइसीएलको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको चौथौ पूर्ण बैठकबाट पुरानो सदस्यताको नवीकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको पनि वाइसीएलले जनाएको छ । बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ । तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्च अदालतको फैसलाले भंग गरेसँगै वाइसीएल पनि ब्युँतिएको हो । 

वाइसीएलले संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८–३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि भएको छ । 

प्रतिक्रिया दिनुहोस