काठमाडौं । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रकै आफ्ना विरोधीहरुलाई ठेगान लगाउने गरी केन्द्रीय कमिटी तथा मातहतका कमिटीमा सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पत्राचार गर्ने लगायतका सवै अधिकार आफ्नो हातमा लिएपछि त्यसवारेमा विभिन्न खाले टिप्पणी हुन थालेको छ ।
अधिकार जति सबै आफैमा केन्द्रीत गरेर पार्टीमा एकाधिकार कायम गर्ने ओलीको यो शैलीलाई लिएर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् । ओलीको यो शैलाीलाई लिएर डा भट्टराईले नेपाली हिटलरको उदय भएको टिप्पणी गरेका छन् ।
आइतबार बिहानै समाजिक सन्जल ट्वीटरमा ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले भनेका छन्, ‘नेपाली हिट्लरको उदय त्यसरी नै भइरहेको छ । उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होशियार।’ यद्यपि उनले ओलीको नाम लिएका छैनन ्।
भट्टराईको ट्वीट जस्ताको तस्तै :
हिट्लरबारे चर्चित भनाइ छ, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिन किनकि म यहुदी थिइन। अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन।’ नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ। उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउककदैछ। होशियार !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०७७, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई