काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको उनको भनाइ छ ।
एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले भने, ‘ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकता दुबै हुन सक्ने अवस्था थिएन ।’
अदालतको फैसलाले एमाले र माओवादी ब्युँताइदिएर ऐतिहासिक फैसला गरेको उनको भनाइ छ । गौतमले अदालतको २३ फागुनको फैसलालाई खुसी भएर स्वागत गरेको बताए ।
उनले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि खुसीले नमात्तिएको र निराश पनि नभएको बताए । ‘मैले राजीनामा दिनुहोस् भने उहाँले दिनु भएन, तर पार्टी एक बनाउँछु भन्दा खुसी भएर अंकमाल गरेर फर्किएँ,’ गौतमले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार