काठमाडौँ । सिंहदरबार परिसरमा निर्माण भएका सरकारी भवनको निर्माण सम्पन्न प्रमाणपत्र छैन । निर्माण सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने चासो पनि राखिएको छैन । भवन निर्माण गर्दा अनिवार्य नक्सा ‘पास’ गर्नुपर्ने र भवन निर्माणपछि मापदण्डअनुसार भए÷नभएको जाँच गराई निर्माण सम्पन्नता प्रमाणपत्र लिनु÷दिनुपर्ने नियम छ ।
हालसम्म २० हजार सर्वसाधारण महानगरवासीले आफ्नो भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् तर सिंहदरबार परिसरका भवनले न नक्सा पास गराएका छन् न निर्माण सम्पन्नता प्रमाणपत्र नै लिएका छन् । भवनको सुरक्षाका लागि बीमालगायतका लागि पनि निर्माण सम्पन्न आवश्यक पर्छ ।
भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यका अनुसार, सिंहदरबारमा विभिन्न मन्त्रालय सञ्चालनमा आएका भवनको नक्सा पासका लागि आवेदन आएकै छैन । भवन निर्माण सम्पन्नता प्रमाणपत्रका लागि आवेदन पनि परेको छैन ।
सिंहदरबार भित्रका यी भवनको अभिलेख काठमाडौँ महानगरपालिकासँग छैन । इन्जिनियर शाक्यका अनुसार सरकारी भवनले पनि नियमअनुसार नक्सा पास गराएर निर्माण सम्पन्नता प्रमाणपत्र लिनु आवश्यक छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०७ चैत्र २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारभित्रै हरायो श्रम मन्त्रालयको गाडी
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
सरकार र यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी
प्रहरीले खोस्यो हर्कको गाग्री