काठमाडौं । भारतमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित न्यू अरुणा नगर क्षेत्रमा श्रीमानका साथ व्यवसाय सञ्चालन गर्दै आएकी ४५ वर्षीया महिलाको बुधबार गोली हानी हत्या भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा दुई जनाको संख्यामा आएका हतियारधारीले ती महिलालाई गोली प्रहार गरेको उल्लेख गरिएको छ । उनको नाम मीनामा तामाङ भएको र नेपालको ठेगाना नुवाकोट भनिएपनि थप खुलाइएको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने यसबारे कुनै जानकारी आइनसकेको जनाएको छ ।
प्रहरीले अभियुक्तको पहिचानका लागि सीसीटीभी फुटेजको अध्ययन भइरहेको भन्दै छिट्टै पक्राउ पर्ने जनाएको छ । मीनाले सो स्थानमा पतिसँग खाजा र पेय पदार्थको पसल सञ्चालन गर्दै आएकी थिइन् ।
उच्च प्रहरी अधिकारीका अनुसार बुधबार बिहान ७ बजेतिर मीनाले पसल खोलेलगत्तै दुई अपरिचित व्यक्ति मोटरसाइकलमा आएर एकाएक गोली प्रहार गरेका थिए । प्रहरीले हत्या किन भयो भन्नेबारे अनुसन्धानका साथै अपराधीको समेत खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या