काठमाडौं । भारतमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित न्यू अरुणा नगर क्षेत्रमा श्रीमानका साथ व्यवसाय सञ्चालन गर्दै आएकी ४५ वर्षीया महिलाको बुधबार गोली हानी हत्या भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा दुई जनाको संख्यामा आएका हतियारधारीले ती महिलालाई गोली प्रहार गरेको उल्लेख गरिएको छ । उनको नाम मीनामा तामाङ भएको र नेपालको ठेगाना नुवाकोट भनिएपनि थप खुलाइएको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने यसबारे कुनै जानकारी आइनसकेको जनाएको छ ।
प्रहरीले अभियुक्तको पहिचानका लागि सीसीटीभी फुटेजको अध्ययन भइरहेको भन्दै छिट्टै पक्राउ पर्ने जनाएको छ । मीनाले सो स्थानमा पतिसँग खाजा र पेय पदार्थको पसल सञ्चालन गर्दै आएकी थिइन् ।
उच्च प्रहरी अधिकारीका अनुसार बुधबार बिहान ७ बजेतिर मीनाले पसल खोलेलगत्तै दुई अपरिचित व्यक्ति मोटरसाइकलमा आएर एकाएक गोली प्रहार गरेका थिए । प्रहरीले हत्या किन भयो भन्नेबारे अनुसन्धानका साथै अपराधीको समेत खोजी भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०७७, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु