बर्दिया । जिल्ला वन कार्यालय अन्तर्गत खाता जैविक मार्गमा बिहीबार दिउँसो भाले पाटे बाघ नियन्त्रणमा लिइएको छ । करिब १४ वर्ष उमेर पुगेको उक्त बाघलाई मधुवन नगरपालिका—३ स्थित खाता जैविक मार्गको गौरी सामूदायिक वनमा बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा उक्त बाघलाई नियन्त्रणमा लिएको हो । गत फागुन २६ गत मधुवन नगरपालिका—३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि यहाँ आठवटा क्यामेरा जडान गरिएको थियो ।
नियन्त्रणमा लिएको बाघ क्यामेरामा चारपटक कैद भएपछि प्राविधिक टोली तीन दिनअघि यहाँ खटिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले यस क्षेत्रमा समस्याण्ग्रस्त बाघ क्यामेरामा पहिचान भएकोले यसलाई नियन्त्रणमा लिएको बताए ।
दुई दिनको अन्तरालमा दुई वटा बाघ निकुञ्जले नियन्त्रणमा लिएको हो । बुधबार मात्रै बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा–४ को गोला सामुदायिक वनबाट एक बाघलाई नियन्त्रणमा लिइएको थियो । समातिएको बाघ भने नरभक्षी भए,नभएको पुष्टि गर्न नसकिने सहायक वन अधिकृत द्रोण शर्माले बताए । समातिएको बाघलाई बाँके निकुञ्जको खोरमा पठाउन लागिएको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ चैत्र २०७७, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा बाघको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण