चितवन । भरतपुर महानगरपालिकाले कर अभियानको शुभारम्भ गरेको छ । भरतपुर वडा नम्बर १० बाट लक्ष्य अनुसारको राजस्व संकलन गर्नका लागि बिहीबार कर अभियानको शुभारम्भ गरेको हो ।
अभियानको शुभारम्भ अगाडि ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने उद्देश्यका साथ महानगरपालिकामा कर अभियानको घोषणा गरिएको थियो । महानगरले १० वटा वडा छनौट गरी अभियानलाई अगाडि बढाएको छ । कर अभियान घोषणाका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध भरतपुर महानगरपालिका निर्माणका लागि कर अभियान घोषणा गरिएको बताईन् । भरतपुर महानगरपालिका भित्रका विकासको काम चित्त बुझ्दो भइरहेको भन्दै उनले महानगरको आन्तरिक आम्दानी वृद्धिका लागि कर अभियान घोषणा गरिएको जानकारी दिईन् ।
स्थानीय सरकार आएको पहिलो पाँच वर्षमा महानगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने लक्ष्य रहेको दाहालले बताईन् । यो लक्ष्य पूरा गर्नुपर्ने महानगरलाई चुनौती रहेको भन्दै उनले कर अभियानमा सबैलाई सहभागी हुन आग्रह गरिन् । महानगरपालिकाले शुरुमा कर वृद्धि गर्दा सबै क्षेत्रबाट विरोध भएको उल्लेख गर्दै दाहालले सबै क्षेत्रसँगको सहकार्यमा करको दायरा समेत वृद्धि गरिएको उल्लेख गरिन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक पार्वती शाह ठकुरीले महानगरपालिकाले करमैत्री नीति तथा कार्यक्रम ल्याएको बताइन् । पछिल्लो समय महानगरपालिकाले करको दर र दायरा सबैको सहमतिअनुसार नै बढाएको भन्दै नगरवासीको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् । स्थानीय सरकार आउनु अगाडि भरतपुरमा सीमित मात्रामा कर उठिरहेको अवस्थामा महानगर भएपछि करको दर तथा दायरा बढाइएको उनले बताइन् ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा महानगरको आन्तरिक आम्दानी ९२ करोड रुपैयाँ भएको उल्लेख गर्दै उनले यस आर्थिक वर्ष २०७७/७८ मा ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको बताइन् । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्य थोरै राखिएको उपप्रमुख ठकुरीले बताईन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले राजस्वको दायरा फराकिलो बनाउने, राजस्वको क्षेत्र पहिचान गर्दै राजस्व संकलन गर्नका लागि कर अभियान घोषणा गरिएको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघलगायतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०७७, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना