ओली त महाठग रहेछन् : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १२ : २९
ओली त महाठग रहेछन् : प्रचण्ड

file Photo

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाठगको संज्ञा दिएका छन् । आज सिन्धुलीमा कार्यकर्ताहरुसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । “ओली त महाठग रहेछन् । यस्तो ठग देखिनँ । पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो । पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ । तर पनि भएन,” उनले भने ।

उनले कम्युनिस्ट पार्टी एकताको प्रस्तावक आफू भएको बताएका छन् । उनले कम्युनिस्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरुले आफूलाई नै निसाना बनाएको जिकिर गरे ।

ओलीले आफू र माओवादीले स्थापित गरेका एजेन्डा समाप्त पार्न खोजेको प्रचण्डको आरोप छ । प्रचण्डले भने, “ओलीको मलाई पनि सिध्याउनेबाहेक देखिएन । मैले पनि लड्नैपर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ । १९ पेज लामो दस्तावेजको बम ओलीमाथि हानेपछि महामारी सुरु भएको छ ।”

उनले अब आफ्नो गाँठो बलियो पारेर अगाडि बढ्ने बताए । आफ्नै संगठन र जनतालाई आधार मानेर अगाडि बढ्ने उनको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस