प्रधानमन्त्री ओलीको संसदिय दलको बैठकमा नेता वामदेव गौतमलाई पनि डाकियो

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १० : ५६
प्रधानमन्त्री ओलीको संसदिय दलको बैठकमा नेता वामदेव गौतमलाई पनि डाकियो

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदिय दलको बैठकमा वामदेव गौतमलाई पनि बोलाईएको छ । बैठक आज ११ बजे बालुवाटारमा बस्दैछ ।

सो बैठकमा नेता माधवकुमार नेपाल पक्ष सहभागी हुने छैन । सो समूहले ललितपुरको सानेपामा आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ । तर ओलीले बालुवाटार हुने बैठकमा नेता बामदेव गौतमलाई पनि बोलाएका छन् । गौतम अहिलेसम्म ओली वा नेपाल समूहमा लागेका छैनन् ।

ओलीको तर्फबाट निम्तो दिन प्रमुख सचेतक विशाल भट्टराईले गौतमलाई बिहान फोन गरेका हुन् । तर गौतम निकटले भने बालुवाटार जाने–नजाने बारे निश्चित नभएको बताएका छन् । गौतम पनि आफ्नो छुट्टै समुह बनाई वाम एकताको पक्षमा वकालत गर्दै आईरहेका छन् । 

प्रतिक्रिया दिनुहोस