काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् । उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको भन्दै नेकपा हुँदा मात्रै साइबर सेना रहेको भनेर आफुले बुझेपनि त्यो गलत रहेको बताए ।
नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् ।
‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो । ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । बाँचिरहेका रहेछन् । हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ । होसियार । भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन् । अलमलमा पार्नेछन् । तर अल्मलिन जरुरी छैन’ कार्यकर्तालाई नेपालले भने ।
उनले ओलीसँगको लडाई पदका लागि नभई विधि, सिद्धान्त, विचार, लक्ष्यसँग र इमानदारितासँग जोडिएको भन्दै लडाईंको अग्निपरीक्षामा उत्तिर्ण भएरै छाड्ने पनि बताए । ओलीबाट पीडितहरु बीचको एकता भएको भन्दै नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी कस्तो र कसरी चलाउनुपर्छ भनेर बहस भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा