काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मदन भण्डारी फाउन्डेसनका नाममा केपी शर्मा ओलीले गुटबन्दी गरेको बताएका छन् ।
नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले यस्तो बताएका हुन् ।
‘यो पार्टीमा ओलीले गुटबन्दी गर्नुभयो । मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी गर्दै जाँदा वैचारिक र सैद्धान्तिक विषय शुन्य भयो र संगठनात्मक क्षेत्रमा अराजकता हुन थाले’, खनालले भने, ‘ पार्टी एकता पनि ओलीले नै भंग गर्न थाल्नुभयो र समस्या आए । समस्या आउदा पनि मतभेद आउँदा पनि पार्टी बाहिर लगेनौँ ।’
उनले ओलीका ज्यादतीहरू तीन वर्षसम्म कठोर भएर सहनुपरेको पनि बताए । ‘जब हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद नै विघटन गर्न पुग्नुभयो । त्यो संविधानका विरुद्ध थियो’, खनालले भने, ओलीको उक्त कदम राजनीतिक र संवैधानिक लडाइँ लड्दै संसद पुनःस्थापनापछि संविधान, लोकतन्त्र र जनताको जनादेश बचाउन र अस्थिरता अन्त्य गर्न सकियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल