काठमाडौं । नेपाल इन्फ्रास्टक्ट्रचर बैंक निफ्रा लाई नेपाल स्टक एक्सचेन्जले लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।
सीईओको यो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बताएका छन् ।
यसमा के कति सत्य हो ? भन्दै नेप्सेले निफ्रालाई प्रश्न सोधेको छ । यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।
यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्छ । सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर सम्बन्धित निकायभन्दा बाहिरबाट यस्तो विषय बाहिर आएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
१४ निर्माण कम्पनीसँग स्पष्टीकरण माग
जनमत पार्टीका दुई नेतासँग स्पष्टीकरण माग
सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण