कञ्चनपुर । कञ्चनपुरमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । दुर्घटना आज बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा भएको हो ।
महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको गाडीको टायर पड्किदा उक्त दुर्घटना हुन पुगेको बताईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ। अन्य घाईतेहरुको धनगढीको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु