कञ्चनपुर । कञ्चनपुरमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । दुर्घटना आज बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा भएको हो ।
महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको गाडीको टायर पड्किदा उक्त दुर्घटना हुन पुगेको बताईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्त रहेको प्रहरीले जनाएको छ। अन्य घाईतेहरुको धनगढीको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते