एमालेका खनाल–नेपाल समुहको राष्ट्रिय भेला आज देखि

ओलीको कारवाहीको धम्कीसँग नडराई राष्ट्रिय भेला भब्य रुपमा सम्पन्न गर्ने र ओली प्रवृतिविरुद्ध संगठित रुपमै प्रतिरोध गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ०७ : ५६
एमालेका खनाल–नेपाल समुहको राष्ट्रिय भेला आज देखि

काठमाडौं । सत्तासिन दल एमालेभित्रको अन्तरसंर्घष झन पेचिलो बनेको छ । अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विघटन र विसर्जनको बाटोमा लगेकाले अब पार्टीलाई ‘क्रान्तिकारी पुनर्गठन’ गर्नुपर्ने र ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादविरुद्ध दृढतासाथ संघर्ष गर्दै अघि बढ्नु पर्ने निश्र्कष सहित एमालेकै वरिष्ठ नेताद्दय माधव नेपाल र झलनाथ खनाल समुहले आज देखि काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको छ ।

खनाल नेपाल समुहका नेता कार्यकर्ता देशभरबाट काठमाडौं आईसकेका छन् । प्रधानमन्त्री ओलीले कारवाहीको चेतावनी दिएपनि खनाल र नेपाल पक्षले त्यसको कुनै प्रर्वाह नगरी अगाडी बढेवाट अब नेकपा एमाले सग्लो रहने देखिएको छैन् ।  भेला आज र भोलि ललितपुरस्थित हेरिटोज होटेलमा हुनेछ ।

भेलामा स्थायिन तहका अध्यक्ष उपाध्यक्ष समेत गरी झण्डै दुई हजार नेता कार्यकर्ताको सहभागिता रहने प्रचार विभागका प्रमुख एवंम स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिएका छन् । प्रतिनिधीसभा हठात प्रधानमन्त्री ओलीले असम्बैधानिक रुपमा विघटन गरेपछि तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा दुई कित्तामा विभाजित थियो ।

ओली एकातिर र प्रचण्ड माधव नेपाल समुह अर्काेतिर । तर सर्वाेच्चले प्रतिनिधीसभा पूनःस्थापना गरेपछि पनि अर्काे एउटा फैसलामा फागुन २३ मा नेकपाको एकतालाई बदर गरेर पूर्ववत अवस्थामा एमाले र माओवादी केन्द्रलाई ब्ँयूताईदिएपछि एमाले एमालेतिर र माओवादी केन्द्रका नेताहरु माओवादी केन्द्रतिर जानुपर्ने बाध्यात्मक अवस्था निम्ताईदियो ।

प्रचण्डसँग सहकार्य गरिरहेका माधव नेपाल र झलनाथ खनाल समुह एमालेतिर नै फर्किए । तर माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेता ओली क्याम्पमै टाँस्सिएर बसिरहे । ओलीले त्यसपछि पनि एमालेभित्रको नेताहरुको मनोभावना, अन्तरसंर्घषलाई एकतावद्ध बनाउने भन्दा पनि पार्टी कब्जा गर्ने शेैलीमा प्रस्तुत भएपछि एमालेभित्रको विवाद थप पेचिलो बनेको छ ।

ओलीको धम्कीबाट नडगमगाउने उद्येश्यका साथ खनाल र नेपाल पक्ष भेलाको तिव्र तयारीमा जुटेका छन् । भेलालाई आज खनाल र नेपाल दुवैले सम्बोधन गर्ने कार्यक्रम छ । यो पक्षले अदालतले एमाले पूर्नस्थापना गर्नुको अर्थ कुनै एउटा ब्यक्ती विशेषको मात्र पूर्नस्थापना गरेको नभई सिंगो पार्टी कमिटिकै पूनःस्थापना गरेकोले ओलीले चाहदैंमा जे पनि पार्टीभित्र भईहाल्ने स्थिती नरहेको बताएको छ । पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी, अबको बाटो लगायतका विषयमा केन्द्रीत रहेर भेलामा अवधारणा पत्र प्रस्तुत हुनेछ । त्यसलाई समुहगत छलफल गरेर पारित गर्ने तयारी खनाल नेपाल पक्षले गरेका छन् ।

ओलीले गत फागन २८ मा वरिष्ठ नेताद्धय खनाल र नेपाल पक्षलाई बोलाउदैं नबोलाई आफु पक्षिय नेताहरुको बालुवाटारमा जमघट गराएर नेपाल र खनाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने, माओवादीवाट पलायन भएर ओली क्याम्पमा टाँसिन आईपुगेका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन देखि जिम्मेवारी तोक्ने सम्मका काम गरेपछि खनाल र नेपाल पक्ष असन्तुष्ट भएको थियो ।

यो पक्षले ओलीसँगको एउटा सम्वादमा उक्त निर्णय फिर्ता लिन आग्रह गरेपनि ओलीले अटेर गरेपछि आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर गतिविधि अगाडी बढाउने निश्कर्ष निकाल्न लागेको हो । तर ओलीले भने यो भेलामा सहभागी हुनेलाई कारवाही गर्ने चेतावनी हिजै बालुवाटारमा उनले आयोजना गरेको चियापान कार्यक्रममार्फत दिईसकेका छन् । 

तर पनि ओलीको धम्कीबाट नडगमगाउने उद्येश्यका साथ खनाल र नेपाल पक्ष भेलाको तिव्र तयारीमा जुटेका छन् । भेलालाई आज खनाल र नेपाल दुवैले सम्बोधन गर्ने कार्यक्रम छ । यो पक्षले अदालतले एमाले पूर्नस्थापना गर्नुको अर्थ कुनै एउटा ब्यक्ती विशेषको मात्र पूर्नस्थापना गरेको नभई सिंगो पार्टी कमिटिकै पूनःस्थापना गरेकोले ओलीले चाहदैंमा जे पनि पार्टीभित्र भईहाल्ने स्थिती नरहेको बताएको छ । पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी, अबको बाटो लगायतका विषयमा केन्द्रीत रहेर भेलामा अवधारणा पत्र प्रस्तुत हुनेछ । त्यसलाई समुहगत छलफल गरेर पारित गर्ने तयारी खनाल नेपाल पक्षले गरेका छन् ।

एमाले तीन गुट !
एमाले अहिले तिन गुटमा बाँडिएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको एउटा गुट, वरिष्ठ नेताद्दय माधव नेपाल र झलनाथ खनालको अर्काे गुट र उपाध्यक्ष वामदेव गौतमको अर्काे गुट गरी तीन वटा गुट देखिएको छ । तीन गुटले नै हिजो आइतबार तीन तिर तिन थरी कार्यक्रमको आयोजना गरेको थियो । ओलीले बालुवाटारमा केन्द्रीय सदस्य तथा सांसदलाई एमाले ब्यूतिएको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

माधव नेपाल पक्षले हेरिटेज होटेलमा नै आज र भोलि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका विषयमा पत्रकार सम्मेलन र उता वामदेव गौतमले बल्खुमा एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आयोजना गरेका थिए । गौतमले अहिले फेरि पनि वामपन्थीहरुको सरकार बनाउन जोड दिदै नेकपा एकता राष्ट्रिय अभियानलाई अब छोडेर एमाले भित्रको एकता अभियान चलाउने गरी अभियानको नाम फेरेका छन् । त्यसका लागि उनले ओलीले प्रचण्डसँग सम्वाद गरेर वामपन्थी सरकार जोगाउन प्रयास गर्नुपर्ने निश्र्कष निकालेका छन् । गौतमको यो निश्र्कष कामयावी हुने देखिदैन् ।

अर्काेतिर माधव नेपाल पक्षले ओलीको सर्वसत्तावादका विरुद्द निरन्तर पार्टीभित्रै अन्तरसंर्घष चर्काउने, समानान्तर गतिविधि गर्ने घोषणा सार्वजनिक रुपमै गर्ने भएको छ । ओली प्रवृतिको अब पनि डटेर सामना नगर्दा देशलाई नै क्षति पुग्ने यो समुहको निश्र्कष छ । उता ओली पक्षले भने वामदेवको अभियानका खास टिप्पणी गरि नहालेपनि नेपाल र खनाल पक्षको भेलामा सहभागीलाई नजर लगाई लगाई कारवाही गर्ने चेतावनी दिएको छ ।

पार्टीभित्र आफुले चाहेको जस्तो मात्र अनुशासन हुने गरी ओलीले भेलामा जानेमाथी कारवाहीको डन्डा बर्साउने चेतावनी दिएका छन् । यसले ओली र खनाल नेपाल समुह बीचको अन्तरसंघर्षलाई झन विवादित बनाएर अन्तत एमाले नै विभाजन उन्मुख हुने विश्लेषण हुन थालेको छ ।
 

प्रतिक्रिया दिनुहोस