काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेमा गएका नेताहरुलाई पार्टीमा फर्काउन कार्यदल बनाएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले तीन सदस्यीय बनेको कार्यदल निर्मँण गरेको हो । कार्यदलमा नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेका छन् । माओवादी केन्द्रले सरकारमा रहेका माओवादी मन्त्रीहरुलाई फिर्ता हुनका लागि यसअघि नै पत्र पठाइसकेको छ ।
एमालेमा गएका तत्कालीन माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद वा मन्त्री पद गुम पनि पुनः माओवादीमा नफर्कने जनाएका छन् । केन्द्रले एमालेको केन्द्रीय कमिटीमा गएका नेताहरुलाई चौबीसघण्टे अल्टिमेटम पनि दिएको थियो । तथापि तत्कालीन समयका माओवादी नेताहरुहरुले एमालेमा आफ्नो जिम्मेवारी पाइसकेका छन् । जुनसुकै हालतमा केपी शर्मा ओलीको साथमा लाग्ने उनीहरुको भनाइ छ ।
एमालेमा गएकालाई फर्काउने प्रयास जारी राख्ने माओवादी केन्द्रको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पा २ मा एमालेले उम्मेदवार फेरेको फेरयै
काठमाडौंमा आज एमालेको जनप्रदर्शन, जनसभालाई ओलीले सम्बोधन गर्ने
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
पदाधिकारी सुरक्षित गर्ने ओलीको रणनीति
एमाले उम्मेद्वार को कहाँ ?
एमाले सचिवालय बैठक सुरु