काठमाडौँ । संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकिएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्र्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए ।
अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार