काठमाडौं । सत्तारूढ दल एमालेका नेताहरूबीच संवादहीनता तोडिए पनि आन्तरिक विवाद सहमतितर्फभन्दा विभाजनउन्मुख भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको संवाद तिक्त बन्यो।
सहमतिका सूत्रभन्दा आ–आफ्ना अडान पेस गररे दुवै पक्षका नेताहरूले विभाजनउन्मुख स्थितिलाई यथावत् राखेको छलफलमा सहभागी नेताहरूले बताएका छन्। ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गर्दै एमाले वरिष्ठ नेता माधव नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्ने पूर्वनिर्धारित कार्यक्रम नरोकिने र त्यसको तयारीमा लाग्न आफू पक्षका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए ।
नेपाल पक्षले चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । नेपाल पक्षीय नेताहरूले कार्यकर्ता भेलाको निर्णय गरेपछि ओलीले मंगलबार बालुवाटारमा केन्द्रीय कमिटी सदस्यहरूका लागि चियापानको कार्यक्रम गरिएको भन्दै सबै नेतालाई म्यासेज पठाएका थिए । तर नेपाल समूहले त्यो पनि बहिष्कार गर्ने बताएपछि ओलीले नेपाललाई भेट्न प्रस्ताव गर्दै सोमबार बिहान फोन गरेका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी