काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएका तारकेश्वर नगरपालिका–३ जीतपुरका ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले तीन दिन कैद र रु नौ लाख ५० हजार जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज काभ्रेस्थलीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
“पक्राउ परेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा झुक्यानमा पारी कुमारी बैँक लिमिटेड नयाँ बसपार्कको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका श्रेष्ठलाई उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, २१ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ