काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो ।
सरकारले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुङ्गानाले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको थियो । आजका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा गत फागुन १२ गते नै पूजाआरधना गरी १०८ किलोको सुनको जलहरी अनावरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन