काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल राख्न सहज गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले गत फागुन १२ गतेको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुनको जलहरी राख्न सहज भएको हो ।
सरकारले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतिका ढुङ्गानाले छुट्टाछुट्टै रिट दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने सरकारको निर्णयलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको थियो । आजका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा गत फागुन १२ गते नै पूजाआरधना गरी १०८ किलोको सुनको जलहरी अनावरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी