काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बसेको वार्ता अजेन्डाको हिसाबले सार्थक नभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताएका छन् ।
छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् । भुसालले अध्यक्ष ओलीले बोलाए भने यस्तो खालको छलफलले निरन्तरता दिने बताए। ‘भेट भयो राम्रो भयो’, उनले भने, ‘तर कुराकानी र अजेन्डाको हिसाबले सार्थक भएन।’
उनले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका केही नेताहरुलाई बोलाएर गरेको गरेको निर्णयबाट पछिल्लो विवाद सुरु भएको बताए। हाम्रो प्रस्ताव थियो, यस बीचमा जे गर्यौं, त्यसलाई शून्यमा राखौं र पूर्ववत् अवस्थाबाट सुरुवात गरौं’, उनले भने, ‘त्यसमा कुरा मिलेन।’
पार्टी एकता सुदृढ गर्ने भनेको अहिले अदालतले निर्णय गरे अनुसार पूर्ववत् अवस्थामा पार्टी लैजाऔं भनेर आफूहरुले भनेको तर अध्यक्ष ओलीले त्यसमा ठोस र चित्तबुझ्दो उत्तर नदिएको भुसालको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल