महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १६ : ४९
महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा मिति २०७७ फाल्गुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ । 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री जलज कुमार अधिकारी ज्यूले रु एकाउन्न हजार ५१,०००.०० राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साल लाई हस्तान्तरण गरे ।

साहित्यकार  डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा  कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रमहरु गर्दै जाने प्रतिबद्ता जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस