विप्लव खुला राजनीतिमा आएपछि लहानमा कसले गरायो बम बिस्फोट ?

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १३ : ५१
विप्लव खुला राजनीतिमा आएपछि लहानमा कसले गरायो बम बिस्फोट ?

सांकेतिक तस्वीर

लहान । हिंसात्मक आन्दोलनको बाटो त्यागेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खुला राजनीतिमा आएको महिना दिन नबित्दै लहानमा आइतबार बम बिस्फोट भएको छ । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको हो ।

पौने १ बजे भएको बिस्फोटमा चारजना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । घाइते सबै मालपोत कार्यालयका कर्मचारी हुन् ।

घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

कार्यालयको पहिलो तलामा विस्फोट भएको थियो । कार्यालयमा सेवा प्रवाह भइरहेका समयमा बिस्फोट भएको थियो । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस