काठमाडौं । नयाँ सरकार गठनका विषयमा नेकपा माओवादी केन्द्र र जसपाबीच छलफल सुरु भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक सुरु भएको हो ।
यसअघि शुक्रबार जसपा र एमाले तथा जसपा र काँग्रेसबीच पनि छलफल भएको छ। ओली सरकार टिकाउन तथा नयाँ गठबन्धनका लागि जसपा निर्णयक जस्तै भूमिकामा रहेको छ । तर जसपाले कसलाई सहयोग गर्ने भन्नेमा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
जसपामा एक समूहले ओली सरकारमा जानुपर्ने धारणा राख्दै आएको छ भने अर्को समूह विशेषगरी उपेन्द्र यादव र बाबुराम भट्टराई लगायतले ओली सरकारमा जान नहुने धारणा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस