काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ ।
छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो ।
कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए ।
छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ फागुन २०७७, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै