गोरखा । भरुवा बन्दुकसहित गोरखामा एकजना पक्राउ परेका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका १९ वर्षीय सन्देश गुरुङ पक्राउ परेका हुन् ।
मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
गुरुङको घर खानतलासी गर्दा अवैध रुपमा राखेको भरुवा बन्दुक फेला परेको डीएसपी दाहालले बताए । पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार हातहतियार खरखजाना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ