गोरखा । भरुवा बन्दुकसहित गोरखामा एकजना पक्राउ परेका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका १९ वर्षीय सन्देश गुरुङ पक्राउ परेका हुन् ।
मंगलबार साँझ उक्त क्षेत्रमा बन्दुक पड्किएको सूचनाको आधारमा सिर्दिवासबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
गुरुङको घर खानतलासी गर्दा अवैध रुपमा राखेको भरुवा बन्दुक फेला परेको डीएसपी दाहालले बताए । पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार हातहतियार खरखजाना अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ