बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

एजेन्सी

विहीबार, २७ फागुन २०७७, ०९ : ४७
बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)अन्तिम आठमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोना भने यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

बार्सिलोना पीएसजीसँग समग्रमा ५–२ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १–१ गोलको बराबरी खेलेको थियो । बार्सिलोना पहिलो लेगमा ४–१ गोलले पराजित भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीका लागि खेलको ३१ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । 

३७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्यूरी समयमा मेस्सीले पेनाल्टी मिस गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोना सन् २००६र०७ को सिजनपछि पहिलोपटक क्वाटरफाइनलमा पुग्न असफल भएको हो ।