काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पुनःस्थापना भएसँगै पार्टीभित्र साविकका गुट पुनः सक्रिय हुन थालेका छन् । एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै छन् ।
उता प्रधानमन्त्री केपी शर्मा ओली रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउन खोज्दैछन् । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । एमालेमा माधव झलनाथ समूह र ओली समूहबीच तिक्तता बढ्न थालिसकेको छ । ओली आफू ढंगले चलिरहेका छन् भने माधव झलनाथ पनि आफ्नो ढंगले भेला बोलाइरहेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो गुटका नेताहरुसँग छलफल गर्दै आएका छन् । पूर्वएमालेमा ओली र नेपाल गुट सक्रिय थियो । एमाले पुनःस्थापना भएपछि पार्टीको बैठक बसेको छैन । गुटगत भेला भने हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले धादिङको कार्यवाहक अध्यक्षमा श्रेष्ठ
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल