काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पुनःस्थापना भएसँगै पार्टीभित्र साविकका गुट पुनः सक्रिय हुन थालेका छन् । एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै छन् ।
उता प्रधानमन्त्री केपी शर्मा ओली रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउन खोज्दैछन् । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । एमालेमा माधव झलनाथ समूह र ओली समूहबीच तिक्तता बढ्न थालिसकेको छ । ओली आफू ढंगले चलिरहेका छन् भने माधव झलनाथ पनि आफ्नो ढंगले भेला बोलाइरहेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो गुटका नेताहरुसँग छलफल गर्दै आएका छन् । पूर्वएमालेमा ओली र नेपाल गुट सक्रिय थियो । एमाले पुनःस्थापना भएपछि पार्टीको बैठक बसेको छैन । गुटगत भेला भने हुन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग