काठमाडौं । नेकपा एमालेले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ लाई मनोनित गर्ने तयारी गरेको छ । यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ ।
थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सहभागी भएका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताए पनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् ।
नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु आफ्नो घरमा फर्केका छैनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक