काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् ।
प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका छन् ।
यस्तै गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर राक्का, लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ फागुन २०७७, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र