चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा र बाघ मृत फेला परेका छन्। निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर इलाका सेहरी नारायणी नदी कलकत्ता टापुमा करिब ३० वर्षको भाले गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ।
दुई भाले गैंडा आपसमा जुध्दा त्यो गैंडा घाइते भई मरेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। मृत गैंडाको खाग र खुर सुरक्षित रहेको उनले बताए।
सरकारले चैत ९ देखि गैंडा गणना गर्ने तयारी गरिरहेको छ। निकुञ्जमा चालू आर्थिक वर्ष २०७७÷७८ को हालसम्म सिकारीले मारेका चारसहित २६ गैंडाको मृत्यु भइसकेको छ।
त्यस्तै, निकुञ्जको सौराहा सेक्टरमा पर्ने कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा करिब चार वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटे बाघ मृत फेला परेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। उक्त पाटे बाघ प्राकृतिक कारणले मरेको हुन सक्ने अनुमान गरिएको छ। निकुञ्जमा यस आर्थिक वर्षमा पाटे बाघको मृत्यु भएको घटना यो पहिलो हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी
गोहीको अण्डा संकलन सुरु
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
निकुञ्ज प्रभावितलाई एक करोड बढी राहत
राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज
विक्रमबाबा मेला भोलिदेखि सुरु हुने