ट्रक त्रिशूली नदीमा खस्यो, दुई जनाको मृत्यृु

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ११ : १४
ट्रक त्रिशूली नदीमा खस्यो, दुई जनाको मृत्यृु

काठमाडौं । सिमेन्ट लिएर  आउँदै गरेको  ट्रक त्रिशुली नदीमा खसेर २ जनाको मृत्यु भएको छ। रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको धादिङको बेनी घाटमा ट्रक त्रिशूली नदीमा  खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका  सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो। 

दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस