चितवन । बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो ।
अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
फेला परेको शवको पहिचान भने हुन नसकेको उनले बताए । केही अङ्ग समेत नभएको सो शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशङ्का गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा