काठमाडौँ । दैलेखकी एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । जिल्लाको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा नदीमा हाम फालेका पाँचजना मध्ये दुईजना (छोरी) को शव अछाममा फेला परेको छ । १४ वर्षीया कल्पना र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनीको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य