काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ। यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् ।
परिमार्जित पूर्वप्रस्थान अभिमुुखीकरण तालिम पाठ्यक्रम कार्यान्वयन सम्बन्धमा आयोजना गरिएको प्रशिक्षकका लागि पुनर्ताजगी तालिमको समापन गर्न वैदेशिक रोजगार बोर्डले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले उक्त जानकारी दिए ।
मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २४ फागुन २०७७, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन
कोरियामा ट्रकको ठक्करबाट २२ वर्षीया नेपाली विद्यार्थीको मृत्यु