चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा चोट लागेको उनले जानकारी दिए । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उनले जानकारी दिए । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ फागुन २०७७, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा