जग्गा  मिच्नेलाई  भएन कारवाही

पत्रपत्रिकाबाट

शनिबार, २२ फागुन २०७७, ०७ : ४७
जग्गा  मिच्नेलाई  भएन कारवाही

काठमाडौं । कमलपोखरीको  जग्गा मिच्नेलाई  म्याद  तामेल गर्न नसकिएको १४ वर्ष भयो । नेपाल  सरकारका  नाममा  नापी  भएपछि  पोखरी    लगत अभिलेखअनुसार  कडेल्चोक  भगवतीका  नाममा  कायम  हुन सकेपछि जग्गा मिच्नेउपर कारबाही गर्न सकिएको छैन । 

Yeti Diistillery Tansen Cement box

गुठी  संस्थानका  प्रवक्ता  सरोज  थपलियाका  अनुसार  तत्कालीन  भूभिसुधार  तथा  व्यवस्था  मन्त्रालयमा  पोखरी  सरकारका  नामबाट कडेल्चोक  भगवतीका नाममा कायम गर्न गरिएको अनुरोध अगाडि नबढेपछि जग्गा मिच्नेउपर संस्थानले म्यादसमेत तामेल गर्न पाएको छैन  ।

अहिले  कमलपोखरीको  निर्माण  सुधार कार्य थालिएपछि पोखरी चर्चाको विषयमा छ । काठमाडौँ  महानगरपालिकाले  पोखरीलाई सुधार गर्न र रमणीय बनाउन काम थालेको छ । महानगरका उपप्रमुख हरिप्रभा  खड्गी  (श्रेष्ठ)  का  अनुसार  पोखरीलाई साबिक अनुसार पुरातात्विक महत्व  कायम  गर्दै  सुधार  गर्नुपर्छ  भन्ने  जनमत  छ,  सम्पदाप्रेमीले  यहाँ  कङ्क्रिटसहितको  निर्माण  हुन  दिनुहुन्न  भनेर चर्को विरोध गरिरहेका छन् । पुरातत्व  विभागका  महानिर्देशक  दामोदर गौतमले पोखरी सम्पदा रहेकाले यसको  महìवलाई  खलल  पुग्न  हुन्न  भन्ने  विभागको  अडान  छ  ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस