कलैया । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् ।
सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।
नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि काँग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे । उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए ।
उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए । फरक प्रसङ्गमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास ग¥यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पारे ।
उनी पतरौता नगरपालिका–९ कुडवा निवासी स्व रामनारयण यादवको श्राद्धञ्जलि सभामा भाग लिनका लागि बारा आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ फागुन २०७७, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह