इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो

पत्रपत्रिकाबाट

शुक्रबार, २१ फागुन २०७७, ०७ : ३७
इन्धनको मूल्य वृद्धि भएसँगै हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । संघले २० देखि २२० रुपैयाँसम्म फ्युल सरचार्ज बढाएको हो ।

 नेपाल आयल निगमले सोमबारदेखि हवाई इन्धनमा मूल्य बढाएपछि भाडामा पनि मूल्य समायोजन गर्ने निर्णय भएको संघले जनाएको छ ।

सबैभन्दा बढी काठमाडौं–धनगढीमा र सबैभन्दा कम डोटी–साँफेबगरमा फ्युल सरचार्ज बढेको छ । नयाँ भाडादर शुक्रबारबाट लागू हुने संघले जनाएको छ ।

संघले यसअघि फागुन ८ गते पनि १० देखि ९० रुपैयाँसम्म हवाई भाडा वृद्धि गरेको थियो । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस