काठमाडौं । कञ्चनपुरको बेलौरीमा आज साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका युवक मारिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका– ७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जनाउनभयो ।
जवाफी फायरमा प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् । मृतकको अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजत र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० फागुन २०७७, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु