काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार र विप्लव नेतृत्वबीच हुन लागेको वार्तालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ताबाट निस्कने जुन पनि सहमति छ त्यो बहुलवादमा आधारित, बहुदलीय प्रतिष्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थाको परिधिभित्र रहनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यदि वार्ता, संवादबाट यो परिधिभन्दा बाहिर गएर सहमति भयो भने त्यो सहमति काँग्रेसका लागि मान्य हुँदैन ।” प्रत्येक समस्याको समाधान वार्ता वा संवादबाट नै हल गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मान्यता रहेको उहाँले बताउनुभयो । हत्या, हिंसा र आतङ्कको राजनीतिले मुलुक अगाडि बढ्न सक्दैन भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको उहाँले विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० फागुन २०७७, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा