काठमाडौँ । बिहीबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको हो।
यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल-नेपाल पक्षसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।
आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने कांग्रेसको योजना छ। यसका लागि कांग्रेस पदाधिकारी बैठकले अन्तिम निर्णय गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतबाट संसद पुनर्स्थापनाको फैसला भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध यसअघि पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने र नयाँ अविश्वास प्रस्ताव दर्ता गरिने नेकपा दाहाल-नेपाल स्रोतले जानकारी दिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेसले नेकपाको दाहाल-नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने गरी तयारी अगाडि बढाइएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको दाहाल-नेपाल पक्षसँग मिलेर कांग्रेसले अविश्वास प्रस्ताव अगाडि बढाउने सम्भावनाबारे छलफल सुरु भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल