चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन आउने भएका छन् । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन आउन लागेका हुन् ।
कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार सभापति देउवा हेलिकोप्टरमा आउने र कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा रहेको बताए। पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।
२०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित बनेका रानाभाट कांग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ फागुन २०७७, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)