काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको बताएका छन् । आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उनले बताए ।
सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुसँग सहकार्य गर्न चाहेको बताए ।‘जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन’ उनले भने, ‘कि हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, संगै जाऊ । नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं । हामी प्रतिगमनका बाहकबाट मुक्ति चाहन्छौं ।’
पुस ५ मा संसद विघटन भएपछि दर्ता भएको अविश्वासको प्रस्ताव के हुन्छ त भन्ने प्रश्न प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले यसबारे आफूहरुले भन्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ फागुन २०७७, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन: माधव नेपाल
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल