काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो ।
ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ ।
केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ ।
विवरणअनुसार प्रतिस्पर्धीलाई रु आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई रु एक अर्ब ५० करोड छुट्याइएको छ । घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ फागुन २०७७, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी
स्वास्थ्य मन्त्रालयले माग्यो कोरोनाविरुद्धको खोप किन्न ३३ अर्ब
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो , विशाल बजारमा लगानीकर्ताको आकर्षण
आइएमई पेको अफर : नयाँ एप प्रयोगकर्तालाई गृह प्रवेश अन्तर्गत सयमा सय बोनस
राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत
सुनको मुल्यमा वृद्धि, कति पुग्यो तोलामा ?