डा. बाबुराम भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १० : ४८
डा. बाबुराम भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले बताएका छन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भारतको दिल्लीमा उपचार गराईरहेका उनका चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका हुन् । तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको पाण्डेले बताएका छन्।

दुई–तीन महिनाभित्रै ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएको उनले बताए । योसँगै स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन्।

प्रतिक्रिया दिनुहोस