काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मुलुकका अधिकांश स्थानको मौसममा बदली हुने जनाएको छ । प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।
यसबाहेकका भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार राति पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना