काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) एक्लिने र उनकै सहकर्मीले साथ छोडने क्रम रोकिएको छैन् । आफ्नै समुहका तीन दर्जन केन्द्रीय नेताले चटक्कै साथ छोडिरहदा तीन वर्ष अनवरत गृह मन्त्रालयमा राजनीतिक सल्लाहकार भएर काम गरेका सूर्य सुवेदी (पथिक) ले पनि बादलको साथ छोडिदिए ।
बादलको राजनीतिक लाइन अग्रगमनको भन्दा ओलीको मतियार र प्रतिगमनतिर देखिन थालेपछि पथिकले उनको साथ छोडिदिएका थिए । तर अहिले उनलाई आफ्नै सचिवालयका अर्का चल्तीफूर्तिका युवा नेता तथा बादलका स्वकिय सचिव विरु तामाङले पनि साथ छोडिदिएका छन् । राजनीतिक रुपमा बादलको लाइन छोडिदिएपनि तामाङलाई बादल आफैले सचिवालयबाट हटाएका छन् । केही समयसम्म सेनाबिनाका सेनापति बनिरहेका गृहमन्त्री बादललाई तामाङले केही युवा जमघट गराईदिएर केही मेरा पछि पनि छन है भनेर आँट दिएका थिए ।
तामाङले पूर्व माओवादी धारका कतिपय युवालाई आफुतिर तान्दै गृहमन्त्री बादललाई भेटाउने, बादलसँगै ओली समुहतिर लाग्ने वातावरण उनले बनाएका थिए । पूर्व वाइसिएलका सुवित ढुंगाना देखि कतिपय युवालाई उनले नै ओली समुहतिर ढल्काएका थिए । आफ्नो नेतृत्वमा ९९ सदस्यीय वाइसिएल पूर्नगठन गरेर ओली समुहको युवा संगठनसँग उनले एकता चाहेका थिए ।
तर उनको योजनामा बादलले साथ दिएनन । ओलीले गृहमन्त्री थापालाई आफ्नो समुहमा आएर गुटबन्दी नगर्न चेतावनी दिएपछि बादल गुटै नचलाउने गरी ओली समुहमा लागेका थिए । त्यसपछि बादलले तामाङको मुद्दामा साथ दिएनन् । त्यसपछि भने उनले बादलबाट अब राजनीतिक संरक्षण प्राप्त नहुने भन्दै फेरि पूरानै घर खोजी गरे ।
अर्थात उनले आफैले भक्तपुरमा सञ्चालन गरिरहेका रिसोर्टमा आफ्नै विगतका संरक्षक वर्षमान पुन (अनन्त) र ओनसरी घर्तीलाई निम्तो पठाएर भेटघाट गरे । सुवित सहितलाई राखेर उनले अनन्त र अनेसरीसँग राजनीतिक गफगाफ गरे । राजनीतिमा अब पूरानै घर फर्किने निर्णय लिए । पूरानै घर फर्किएपनि उनले बादलको सचिवालयबाट भने राजीनामा दिने सोच बनाएका थिएनन् । तर सुवितले फेसबुकमा एउटा यस्तो फोटो सार्वजनिक गरे, जसले उनको स्वकिय सचिवको पद धरापमा पार्यो । अनि बादलले हिजो उनलाई आफनो सचिवालयबाट हटाईदिए ।
सुवितले ११ फागुनमा आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत एउटा फोटो राख्दै जहिले पनि विधि, पद्दती र विचार भन्दा माथी ब्यक्ति ठूलो होइन भन्दै आएकै हो, र यसैलाई आत्मसाथ गर्दै हिडियो र आगामी दिनमा पनि हिडिने नै छ । आदरणीय दाई वर्षमान पुन (अनन्त) दाईसँगको सतमार्गले फेरि नयाँ ढंगले सोच विचार गरियो । यहाँ सम्म साथ सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार भनेर लेखे ।
फोटोमा अनन्त, उनका पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ती, सुवित, विरु सहित छन् ।
हेर्नुहोस फोटो :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन
कैलाली कारागार घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो
गृहमन्त्रीले बोलाए विधेयक समितिको बैठक
गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त