ओली पदको लोभले कुर्सी छोडेनन् : विष्ट

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १२ : ३४
ओली पदको लोभले कुर्सी छोडेनन् : विष्ट

गुल्मी। नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएका कारण प्रधानमन्त्रीको कुर्सी नछोडेको आरोप लगाएका छन् ।  

‘‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन, उनले भने।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने बताए। पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै विष्टले निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने विश्वास व्यक्त गरे।


 

प्रतिक्रिया दिनुहोस