काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदा प्रचण्ड २१ अर्ब लिन गयो भन्दै भ्रम फैलाउने काम केपी ओली समूहबाट भएको आरोप लगाएका छन् ।
‘म पोहोर–परार दुबई गएको थिएँ । भनियो, त्यहाँ २१ अर्ब प्रकाशको नाममा छ रे । यस्तो झूट कति भनियो कति प्रचार गरियो ? प्रकाश मरेर गयो प्रकाशको नाममा दुबईको बैंकका २१ अर्ब ? १ पैसा दुनियाको कुनै बैंकमा छ भनेर देखाइदियो कसैले भने म सजाय भोग्न तयार छु’, शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा प्रचण्डले भने । उनले सांसदको रुपमा एभरेस्ट बैंकमा खाता रहेको र त्यसबाहेक कहीँकतै रकम नभएको दावी गरे ।
‘अब केपी ओलीसँग छैन, प्रचण्डसँग छ ? कहाँ छ, ल प्रमाणि गरेर देखाइदिए भयो नि’ भन्दै आफूबारे अनावश्यक हल्ला फैलाउने काम ओलीहरुबाटै भएको आरोप उनको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?