काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदा प्रचण्ड २१ अर्ब लिन गयो भन्दै भ्रम फैलाउने काम केपी ओली समूहबाट भएको आरोप लगाएका छन् ।
‘म पोहोर–परार दुबई गएको थिएँ । भनियो, त्यहाँ २१ अर्ब प्रकाशको नाममा छ रे । यस्तो झूट कति भनियो कति प्रचार गरियो ? प्रकाश मरेर गयो प्रकाशको नाममा दुबईको बैंकका २१ अर्ब ? १ पैसा दुनियाको कुनै बैंकमा छ भनेर देखाइदियो कसैले भने म सजाय भोग्न तयार छु’, शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा प्रचण्डले भने । उनले सांसदको रुपमा एभरेस्ट बैंकमा खाता रहेको र त्यसबाहेक कहीँकतै रकम नभएको दावी गरे ।
‘अब केपी ओलीसँग छैन, प्रचण्डसँग छ ? कहाँ छ, ल प्रमाणि गरेर देखाइदिए भयो नि’ भन्दै आफूबारे अनावश्यक हल्ला फैलाउने काम ओलीहरुबाटै भएको आरोप उनको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ फागुन २०७७, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग